ताजा

6/recent/ticker-posts

र्‍यान्डम रिडर्स सोसाइटीकी उपाध्यक्ष गौरी तमुलाई पितृशोक

 


पोखरा, जेठ २६ गते । र्‍यान्डम रिडर्स सोसाइटीकी उपाध्यक्ष साहित्यकार गौरी तमुलाई पितृशोक परेको छ । गुरुङ साहित्यिक मञ्चकी संस्थापक अध्यक्षसमेत रहेकी तमुका ७७ वर्षीय पिता टेकबहादुर गुरुङको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारका क्रममा शुक्रवार साँझ निधन भएको हो । 

टेकबहादुर गत वर्षदेखि मृगौलामा समस्या देखिएपछि पेरिटोनियल डायलाइसिस गर्दै आएका थिए । करिब ३ हप्ताअगाडि अचानक स्वास्थ्यमा समस्या देखिएपछि मणिपाल हस्पिटलमा भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

गुरूङको शव मणिपाल अस्पतालमै रहेक‍ो र सोमबार उनकै निवास गैंडाकोट ४ खयरटाडीमा गुरूङ  परम्पराअनुसार अन्त्येष्टि गरिने छ‍ोरी गौरी तमुले जानकारी दिइन् ।

सोसाइटी परिवार स्वर्गीय बुबाप्रति हार्दिक श्रद्धाञ्जली तथा उपाध्यक्ष तमुसहित परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।

 

Post a Comment

0 Comments