ताजा

6/recent/ticker-posts

हाम्रो बारेमा...

पोखरा कला, साहित्य र संस्कृतिको सहर हो । यहाँ वाङ्मयका विविध विधाका संस्थाहरू क्रियाशील छन् । साहित्यिक कृति, दर्शन वा समसामयिक विषयमा बौद्धिक बहसका लागि एउटा साझा मञ्चको आवश्यकता महसुस गरी मितिः २०६७ साउन २९ गते पोखराको प्रतिभा माविको कक्षाकोठामा पोखरामा क्रियाशील साहित्यकार, संस्कृतिकर्मी र अध्येताहरूको भेला आयोजना गरियो । सो भेलाले तपसिलबमोजिमको तदर्थ समिति गठन गरेको थियो :


संस्थापक कार्य समितिः
अध्यक्ष  : राजेन्द्र चापागाईँ ‘आहत’

उपाध्यक्ष : दुर्गाबहादुर शाह ‘बाबा’

सचिव   : गनेस पौडेल

सहसचिव : उपेन्द्रप्रसाद पौडेल

कोषाध्यक्ष : रामजिप्रसाद पौडेल

सदस्य   : नगेन्द्र भण्डारी

सदस्य   : रुपिन्द्र प्रभावी

सदस्य   : चेतभक्त सुवेदी

सदस्य   : मीरा ढकाल

पुस्तक छनोट समिति

संयोजक : कृष्ण के.सी.

सदस्य   : नगेन्द्र भण्डारी

सदस्य   : अमित रिजाल

सदस्य   : यमबहादुर पौडेल क्षेत्री

पदेन सदस्य : गनेस पौडेल (सचिव)

तदर्थ समितिले दर्ता प्रक्रियामा लैजानका लागि ‘र्‍यान्डम रिडर्स सोसाइटी अफ नेपाल’ नाम पहिलो रोजाइमा राख्दै नाम जुधेका खण्डमा ‘हिमालयन रिडर्स सोसाइटी अफ नेपाल’ तथा ‘इन्सेन्टिभ रिडर्स सोसाइटी अफ नेपाल’ नाम राख्ने र दर्तापूर्व भने ‘र्‍यान्डम रिडर्स सोसाइटी अफ नेपाल’ कै नामबाट कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो । सोसाइटीले आफ्नो पहिलो कार्यक्रम कृष्ण धरावासीको उपन्यास ‘टुँडाल’ को परिचर्चाबाट सुरु गर्‍यो । मितिः २०६७ भदौ १९ गते पोखराको सिर्जनाचोकस्थित होटल रविमा आयोजित कार्यक्रममा धरावासीकै उपस्थितिमा डा. विष्णुप्रसाद पौडेलले अवधारणापत्र प्रस्तुत गरे । सो कार्यक्रममा विभिन्न व्यक्तिहरूले टिप्पणी गरेका थिए । त्यसपछि हालसम्म हरेक महिनाको अन्तिम शनिवार कुनै विषय वा पुस्तकमाथिमासिक रूपमा परिचर्चा हुँदै आएको छ ।

संस्था विधिवत रूपमा  मितिः २०६८ असार ०२ गते जिल्ला प्रशासन कार्यालय, कास्कीमा २७०४ नम्बरमा दर्ता भएको थियो । संस्थाका उद्देश्यहरू निम्नानुसार रहेका छन्ः

§ पढौँ र ज्ञान बाँडौँ’ भन्ने मान्यतालाई आत्मसात गर्दै पठन संस्कृतिको विकास गर्ने

§  नियमित रूपमा कुनै पुस्तक वा विषयवस्तुमाथि बौद्धिक बहस/अन्तर्क्रिया कार्यक्रम सञ्चालन गर्ने

§ कला, साहित्य, संस्कृति, दर्शन तथा यिनलाई प्रभाव पार्ने विविध विषयमा सामाजिक बहस गर्ने

§ एकल तथा सामूहिक सिर्जना वाचन, कार्यशाला, तालिम, गोष्ठी तथा साहित्यिक/सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने

§ पठन संस्कृतिको विकासका लागि अभियानहरू सञ्चालन गर्ने

§ नयाँ पुस्तालाई पठन संस्कृतितिर आकर्षण गर्नका लागि विद्यालय तथा विश्वविद्यालयहरूमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने

§ समसामयिक जर्नल, पुस्तक तथा पत्रिकाहरू प्रकाशन गर्ने

§ पुरस्कार तथा सम्मान स्थापना र सञ्चालन विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू सञ्चालन

§ बौद्धिक तथा सिर्जनात्मक सम्पत्तिको प्रकाशन, प्रसारण र वितरण गर्ने र त्यससम्बन्धी कार्यमा उत्प्रेरणा दिने

§ रेडियो तथा टेलिभिजनमार्फत अडियो तथा भिडियो सामग्री उत्पादन तथा प्रसारण गर्ने

§ सामाजिक सञ्जालका माध्यमबाट पठन संस्कृतिको विकासका लागि उत्प्रेरणा प्रदान गर्ने खालका सामग्री साझा गर्ने

§ संस्थाकै आधिकारिक वेबसाइटमार्फत समीक्षा, समालोचना, विचार, सिर्जना र स्रष्टा परिचय आदि सार्वजनिक गर्ने

§ पुस्तकालय तथा वाचनालय सञ्चालन गर्ने

§ साझा उद्देश्य भएका संस्थाहरूसँगको सहकार्यमा कार्यक्रमहरू सञ्चालन गर्ने 

सम्पर्कका लागि यहाँ क्लिक गर्नुहोस् ।

Post a Comment

0 Comments