ताजा

6/recent/ticker-posts

पोखरामा पहिलोपटक पुस्तक प्रेमीहरू सङ्गठित : र्‍यान्डम रिर्डस सोसाइटी अफ नेपाल गठन (संस्था स्थापनाको समाचार)



२०६७ साउन २९, पोखरा । पोखरामा पहिलोपटक पुस्तक प्रेमीहरु संगठित भएका छन् । पाठकहरूलाई एकत्रित गरी पुस्तक अध्ययनको अनुभव साटासाट गर्ने उद्देश्यले शनिबार एक भेलाबीच ‘र्‍यान्डम रिडर्स सोसाइटी अफ् नेपाल’ नामक संस्थाको गठन भएको हो । संस्थाको गठनसँगै पोखरा र आसपासका क्षेत्रमा पुस्तक–अध्ययन प्रवद्र्धन हुने विश्वास गरिएको छ ।

पोखरा स्थिति प्रतिभा उच्च माविको सभाकक्षमा उपस्थित प्राज्ञिक, शैक्षिक, सञ्चार, कला, संगीत, संस्कृति तथा व्यवसायीक क्षेत्रमा संलग्न लगायत अन्य पुस्तक प्रेमीहरूको उक्त प्रारम्भिक भेलाले राजेन्द्र चापागाईँ ‘आहत’को अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा दुर्गा बहादुर शाह ‘बाबा’, सचिवमा गनेस पौडेल, सहसचिवमा उपेन्द्र प्रसाद पौडेल, कोषाध्यक्षमा रामजी प्रसाद पौडेल तथा सदस्यहरूमा नगेन्द्र भण्डारी, रुपीन्द्र प्रभावी ‘कटु’, चेतभक्त सुवेदी, मीरा ढकाल चयन हुनु भएको छ । सोसाइटीमा ४० बढि साधारण सदस्यहरू रहेको र साधारण सदस्यता खुला रहेको बताइएको छ । 

त्यस्तै उपस्थित भेलाले मासिक रुपमा अध्ययन गर्ने पुस्तकको छनौटका लागि कृष्ण के.सी.को संयोजकत्वमा ६ सदस्यीय पुस्तक छनौट समितिको गठन गरेको छ । समितिका सदस्यहरूमा नगेन्द्र भण्डारी, याम बहादुर पौडेल क्षेत्री, अमित रिजाल, गनेस पौडेल र चित्र अधिकारी रहनु भएको छ ।

‘रिड एण्ड फिड’को अवधारणा अनुरुप संस्थाले मासिक रुपमा ३ फरक विद्याका पुस्तकहरूको अध्ययन गरी त्यसको समालोचनात्मक सभाको आयोजना गर्ने, आवश्यकता अनुसार पुस्तकाकारलाई साक्षात्कारको लागि बोलाउने निर्णय गरेको छ । यस अलावा यसले सामाजिक विषयबस्तु माथि बहस समेत चलाउने छ भने सोसाइटीको निगरानीमा रहने गरी एक रिसर्च सेन्टरको स्थापनाको पहल गर्ने छ । 

कार्यक्रमको अवधारणा माथिको छलफलका क्रममा राजेन्द्र चापागाईँ ‘आहत’, कृष्ण के.सी., नगेन्द्र भण्डारी, दुर्गा बहादुर शाह ‘बाबा’, यम बहादुर पौडेल क्षेत्री, अभिमन्यू विक्रम राणा, गणेश शर्मा, एल.डि. न्यौपाने, गोपाल क्षेत्री, सुशिल अधिकारी, एल.वि. थापा, भद्रराज त्रिपाठी, इविन्द्र तिवारी, छन्दमणी त्रिपाठी, छवि सुवेदी ‘विजयी’ आदिले बोल्नु भएको थियो । कार्यक्रम बोल्दै खाजाको प्रायोजन गर्नु भएका लक्ष्मी पुस्तक सदनका बाबुराम पौडेलले सोसाइटीको लागि पुस्तकहरूको प्रायोजन गर्न तयार रहेको बताउनु भयो ।

गनेस पौडेलबाट

Post a Comment

0 Comments