र्यान्डम
रिडर्स सोसाइटी अफ नेपाल
पोखरा-१०, कास्की
१५
औँ साधारण सभा तथा ७ औँ अधिवेशनमा प्रस्तुत प्रगति प्रतिवेदन २०८२
मिति
: २०८२ भाद्र १४ गते
विषय
प्रवेश
र्यान्डम रिडर्स
सोसाइटी अफ नेपालको १५ औँ साधारण सभा तथा ७ औँ अधिवेशनका आदरणीय अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, अतिथिज्यूहरू तथा पार्सद
मित्रहरूमा हार्दिक अभिवादन व्यक्त गर्दछु ।
‘पढौँ
र ज्ञान बाँडौ’ भन्ने मूल वाक्यलाई
आत्मसात गरी र्यान्डम रिडर्स सोसाइटी अफ नेपाल वि. सं. २०६७ मा स्थापना भएको हो ।
पठन संस्कृतिलाई प्रोत्साहन गर्दै आफूले पढेका कुराहरूलाई व्यवस्थित रूपमा साझा
गरी स्वस्थ बहस चलाउने संस्थाको उद्देश्यअनुसार नै यस सोसाइटीका गतिविधि अगाडि बढिरहेका छन्
। वि. सं. २०६७ साउन २९ गते प्रतिभा
माध्यमिक विद्यालयको कक्षाकोठामा सम्पन्न पहिलो ऐतिहासिक भेलाबाट सुरु भएको
साहित्यिक यात्रा आजको मितिसम्म आइपुग्दा संस्थाले आन्तरिक रूपमा परिपक्वता हासिल
गरेको छ । यस सन्दर्भमा संस्थाको परिकल्पना गर्नुहुने, ऐतिहासिक पहिलो भेलामा उपस्थित
हुनुहुने, तदर्थ समितिमा रहनुहुने, स्थापनाकालीन
अग्रज, पूर्व अध्यक्ष तथा पदाधिकारीज्यूहरूलाई यस विशिष्ट
समारोहमा सम्मानपूर्वक स्मरण गर्न चाहन्छु ।
कुनै
पनि देशको कला र वाङ्मयको समृद्धिको आधारमा त्यस त्यस देशका जातिको सभ्यता र
समुन्नतिको सहजै अनुमान गर्न सकिन्छ । यस अर्थमा विभिन्न प्रकृतिका साहित्यिक तथा
वाङ्मयिक संस्था स्थापना हुनु आफैँमा गौरवको विषय हो । क्रियाशील विभिन्न
साहित्यिक संस्थाहरूमध्ये र्यान्डम
रिडर्स सोसाइटीको विशिष्ट प्रकृति छ । हामी प्रत्येक महिनाको अन्तिम शनिबार
सकेसम्म स्रष्टाको प्रत्यक्ष उपस्थितिमा पुस्तकमाथि केन्द्रित रहेर चर्चा गर्दछौँ
। कार्यक्रमलाई थप फलदायी बनाउन सम्बन्धित विषयमा रुचि राख्ने विज्ञबाट अवधारणापत्रसमेत
प्रस्तुत हुने गरी कार्यक्रमको तय गरिन्छ । हाम्रो ध्येय केवल पुस्तक पढ्ने मात्र
नभई त्यसबाट निस्कने विचारलाई साझा गर्नु, बौद्धिक बहस
चलाउनु, पठन संस्कृतिको विकास गर्दै चेतनाको स्तरलाई माथि
उकास्नु पनि हो । उपस्थित बौद्धिक पाठकबाट राखिएका जिज्ञासा र परिचर्चाकार तथा
लेखकबाट प्राप्त हुने जवाफले कार्यक्रम थप जीवन्त र रोचक हुनुका साथै यसले पठन
संस्कृतिको विकासमा थप बल पुर्याएको हामीलाई अनुभूति भएको छ । हाम्रा हरेक कार्यक्रममा
पाठक तथा दर्शकहरूले सङ्ख्यात्मक तथा गुणात्मक उपस्थितिसहित देखाउनुभएको माया र
सद्भावको मुक्त कण्ठले प्रशंसा गर्दछौँ । कार्यक्रमको प्रचारप्रसार तथा सम्पन्न कार्यक्रमको
समाचार प्रकाशन तथा प्रसारण गरी देशैभरका आम मानिसको पहुँचमा पुर्याउनुहुने
सञ्चारकर्मी तथा सञ्चार माध्यमप्रति आभार प्रकट गर्दछु ।
वि.सं.
२०८० साउन २७ गतेको साधारण सभा तथा अधिवेशनबाट निर्वाचित यस कार्यसमितिले सबैको
साथ र सहयोगमा दुई बर्से कार्यकाल सफलतापूर्वक पूरा गरेको छ । यस विशिष्ट समारोहमा
म सचिवको हैसियतले यहाँहरूसमक्ष साङ्गठनिक प्रतिवेदन पेस गर्ने अनुमति माग्दछु ।
संस्थाका
नियमित गतिविधि तथा उपलब्धि
मिति
२०८० साल भाद्र २ गते बसेको नियमित बैठकले
पूर्व अध्यक्षहरू गनेस पौडेल, उपन्द्र पौडेल,
केशवशरण लामिछाने तथा संस्थापक सदस्य मीरा ढकालसहित ४ सदस्यीय
सल्लाहकार समति तथा पूर्व अध्यक्ष केशवशरण लामिछानेको संयोजकत्वमा विजय भण्डारी र
हसिना बस्नेत रहेको पुस्तक छनोट समिति निर्माण तथा मिति २०८० साल भाद्र १० गते
बसेको पूर्ण बैठकले कार्यसमितिमा खिम लामिछाने ‘काजी’ र रत्नाकुमारी विश्वकर्मालाई
मनोनित गरी पूर्णता प्रदान गरिएको थियो । सोहीबमोजिम सल्लाहकारज्यूहरूबाट आवश्यक
सल्लाह प्राप्त भइरहेको छ भने पुस्तक छनोट समितिले परिचर्चाका लागि पाठक प्रतिक्रिया,
पुस्तकको सान्दर्भिकतालाई समेत ख्याल गरी लेखक तथा प्रकाशकसँगको
छलफल तथा कार्यसमितिसँगको समन्वयमा पुस्तक छनोट गर्ने कार्यमा मुख्य भूमिका
निभाएको छ ।
स्थापनाकालदेखि
नै पठन संस्कृति बढाउनका लागि संस्थाले नियमित रूपमा खास पुस्तकमाथि नियमित रूपमा
गर्ने परिचर्चा तथा रचनात्मक ढङ्गले पुस्तकालय दिवस मनाउने कार्यक्रमलाई निरन्तरता
दिँदै आएको छ । २०८० साल साउन २७ गतेको साधारण सभा तथा अधिवेशनबाट निर्वाचित भएपछि
हालसम्म सोसाइटीले निम्नानुसारका कार्यक्रम सम्पन्न भएका छन् :
सम्पन्न कार्यक्रमलाई फर्केर
हेर्दा
ü स्थापनाकालदेखि
हालसम्म गरिएका कार्यक्रम शृङ्खला : ११९
ü मिति
वि.सं. २०८० साउन २७ देखि २०८२ साउनसम्म (पछिल्लो कार्यकालमा) गरिएका जम्मा
कार्यक्रम सङ्ख्या : २३ (पुस्तक परिचर्चा कार्यक्रम : २०
र पुस्तकालय दिवस : ३)
ü विशेष
शृङ्खला (संवाद) १ : गीलु रातोसको कविताकृति ‘सिलिदुङ’ माथि राजन मुकारुङ र गौरी तमु
(सहजकर्ता सुरेश रानाभाट)
ü छानिएका
पुस्तकका विधागत प्रकृति : आख्यानसँग
सम्बन्धित ८, (उपन्यास ७, लघुकथा
सङ्ग्रह १) कविता सङ्ग्रह १, निबन्ध तथा वैचारिक कृति १०)
ü कार्यक्रमको
प्रकृतिका आधारमा : कार्यपत्रसहित पुस्तकमा आधारित छलफल १६, दिवस ३, पुस्तकमा
आधारित बहसमूलक २, अवधारणापत्रसहित सम्भाषणसहित १, समसामयिक विषयमा अवधारणापत्रसहित
१, राष्ट्रिय पुस्तकालय दिवस ३, विश्व पुस्तक तथा
प्रतिलिपि अधिकार दिवस १ गरी दिवस ३
ü खर्च
व्यवस्थापनका हिसाबमा : संस्थाको खर्चमा २४, सहकार्य (प्रायोजनमा) १
· लेखक
: पुरुष : ११, महिला : ४
· परिचर्चाकार
: पुरुष ११ महिला : ४
· स्थानगत
सक्रियताका आधारमा लेखक : पोखरालाई कार्यक्षेत्र बनाउनुहुने २ लेखक, पोखरा बाहिरका : १३
· कार्यक्रम
स्थान : रिडर्स कर्नर, (अमृत कक्ष २),
· नोट
: सबै पुस्तक परिचर्चामा लेखकको उपस्थिति रहेको
· जम्मा
बैठक सङ्ख्या : १९ (एक अनलाइनसहित)
v अगिल्लो
वर्षको मिति २०८१ भाद्र १५ मा भएको साधारण सभाबाट अनुमति प्राप्त भएअनुसार मिति
२०६८ साल असार २ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा संस्था दर्ता ऐन २०३४
बमोजिम दर्ता नं. २७०४ कायम भई क्रियाशील यस र्यान्डम रिडर्स सोसाइटी अफ नेपालको
विधान अद्यावधिकसहित पुनर्लेखन गरी जिल्ला प्रशासन कार्यालय कास्कीमा प्रमाणीकरणका
लागि पेस गरिएको तथा नियमानुसार संस्था नवीकरण गरिएको छ । (बैठकः २०८१ कार्तिक २५)
v नियमित
परिचर्चा कार्यक्रममा पुस्तकसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्ने अभ्यासलाई
निरन्तरता दिइएको छ । बहस र प्रश्नोत्तर सत्रमा सहभागीहरूले राखेका प्रश्न र
सन्देहलाई स्पष्ट पार्ने प्रक्रिया संस्थाको विशिष्ट पहिचान बन्न पुगेको छ ।
पछिल्लो समय सर्जकलाई पुस्तक उपहार र कार्यपत्र प्रस्तोतालाई सम्मानस्वरूप नगद
पारिश्रमिक प्रदान गर्दै आइएको छ ।
v पुस्तक
प्रेमी पाठक र सिर्जनशील लेखकबीच प्रत्यक्ष संवाद गर्न मिल्ने विशिष्ट प्रकृतिको
परिचर्चा कार्यक्रममा उपस्थित सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । गुणात्मक
छलफलले सदस्यहरूको आलोचनात्मक दृष्टिकोण र सिर्जनशीलता अभिवृद्धि भएको छ । समाजले
बौद्धिक क्षेत्रमा आफ्नो अलग छाप छाड्न सफल भएको छ ।
v संस्थाका
नियमित गतिविधि अभिलेखका रूपमा राख्न तथा प्रचारप्रसारमा सहजता होस् भन्ने हिसाबले
संस्थाको वेभसाइट निर्माण गर्नुका साथै कार्यसमिति तथा शुभचिन्तकहरूलाई समेत
समेट्ने गरी फेसबुक म्यासेन्जर निर्माण गरिएका छन् ।
v सोसाइटीको
विधानको परिच्छेद ३ को दफा ग बमोजिम विधानतः रु ५ हजार लिई दफा ६ (ग) बमोजिम
योग्यता पुगका व्यक्तिहरूलाई आजीवन सदस्यता प्रदान गर्दै आइएको छ ।
v हालसम्म
यस कार्यसमितिले एउटा अनलाइनसमेत तरी १९ ओटा
नियमित बैठक सम्पन्न गरेको छ ।
v पोखरामा
हुने विभिन्न साहित्यिक संघसंस्थाका विभिन्न गतिविधिमा संस्थाको तर्फबाट अध्यक्ष
तथा पदाधिकारीबाट प्रभावकारी उपस्थिति जनाउँदै आइएको छ ।
v यस
सोसाइटीको आर्थिक कारोबार कृषि विकास बैँक, पृथ्वीचोक
शाखाबाट व्यवस्थित रूपमा हुँदै आएको छ भने
लेखा परीक्षण सम्पन्न गरिएको छ । सदस्यता वितरण एवम् नवीकरण तथा सहयोग अनुदानलाई
व्यवस्थित गर्ने प्रयोजनका लागि विधानतः ५०० थान नगदी रसिद छापी प्रयोगमा ल्याइएको
छ ।
v संस्थामा
आबद्ध साथीहरूको उपलब्धि तथा प्राप्तिमा खुसी साटासाट गरी बधाई दिनुका साथै दुःखमा
पर्नुहुने साथीहरूलाई सम्भव भएसम्म प्रत्यक्ष भेटेर तथा शोक तथा समवेदना
सन्देशमार्फत दुःख व्यक्त गरी साथ दिँदै आइएको छ । यसलाई आगामी दिनमा थप व्यवस्थित
रूपमा अगाडि बढाउने योजना रहेको छ ।
योजना तथा कार्यक्रम (प्रस्तावित)
Ø कुनै
पनि संस्थालाई जीवन्तता दिने भनेकै त्यस संस्थामा आबद्ध सदस्यहरूले भएकाले सदस्यता
विस्तार गर्नुपर्ने देखिन्छ । आवश्यकताअनुसार सदस्य साथीहरूको सिफारिस गथा
संस्थाको स्वीकृतिमा साधारण, आजीवन, मानार्थ र विशिष्ट प्रकृतिका सदस्यहरू निर्माण गर्नेतर्फ ध्यान दिनुपर्ने
देखिन्छ ।
Ø संस्थाले
सम्पन्न गरेका परिचर्चा कार्यक्रममा प्रस्तुत कार्यपत्र, अवधारणापत्रलाई प्राथमिकताका आधारमा प्रकाशन गर्दै लानुपर्ने देखिन्छ ।
Ø परिचर्चा
कार्यक्रमलाई उपस्थिति सङ्ख्या बढाई थप प्रभावकारी बनाउन तथा संस्थाको रचनात्मक
कार्यको निरन्तरताको लागि युवा पुस्तालाई तयार पार्न विभिन्न कार्य गनुपर्ने
देखिन्छ । जस्तै : विद्यार्थीसँग र्यान्डम, युवासँग र्यान्डम
आदि, पठन संस्कृति विकास हुने कार्यक्रमहरू आयोजना गर्ने तथा
प्रकृति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्न सकिन्छ ।
Ø संस्थाको
विधानमा उल्लेख भएअनुसार विनियम बनाएर योजनाबद्ध र व्यवस्थित रूपमा निश्चित प्रक्रियाबाट
छानिएको पुस्तक तथा उत्कृष्ट पाठकलाई वार्षिक रूपमा पुरस्कार प्रदान गर्ने गरी
नियमित कार्यक्रम बनाउनुपर्ने र सोको निरन्तरताका लागि आर्थिक स्रोत जुटाउन
स्रोतको खोजी गर्नुपर्ने छ ।
Ø स्थानीय
पुस्तकालयसँग सम्बन्ध स्थापित गर्दै अन्तर्राष्ट्रिय साहित्यिक संस्थाहरूसँग
सहकार्य विस्तार गर्ने ।
वर्तमान
कार्यसमितिः
|
अध्यक्ष |
रुपिन्द्र
प्रभावी जोशी |
९८५६०३७१४८ |
|
उपाध्यक्ष |
अनुपमणि
अधिकारी |
९८५६०३०४३४ |
|
उपाध्यक्ष |
गौरीसरा
गुरुङ |
९८५६०३६६३७ |
|
सचिव |
नेपालप्रकाश
अधिकारी |
९८५६०३९३७५ |
|
कोषाध्यक्ष |
ध्रुवबहादुर
केसी |
९८५६०२५०२२ |
|
सहसचिव |
दीपक
पराजुली |
९८४६०३५७४० |
|
सदस्य |
बाबुराम
सुवेदी |
९८४६०३५४४२ |
|
सदस्य |
विष्णुप्रसाद
सुवेदी |
९८५६०२१०७४ |
|
सदस्य |
रामजीप्रसाद
आचार्य |
९८५६०२०५८६ |
|
सदस्य |
अमृत
सुवेदी |
९८५६०४४९७६ |
|
सदस्य |
दुर्गा
राना |
९८४६२६७९५१ |
|
सदस्य |
एलिसा
विक |
९८१९१९७९०५ |
|
सदस्य |
खिमबहादुर
लामिछाने |
९८५६०२०६५४ |
|
सदस्य |
रत्नाकुमारी
विश्वकर्मा |
९८४६७७३३६८ |
तदर्थ
समिति (२०६७ साउन २९ गतेको भेलाबाट गठित)
अध्यक्षः राजेन्द्र
चापागाईँ ‘आहत’
उपाध्यक्षः दुर्गा
बहादुर शाह ‘बाबा’
सचिवः गनेस पौडेल
सहसचिवः उपेन्द्र
प्रसाद पौडेल
कोषाध्यक्षः रामजी
प्रसाद पौडेल
सदस्यहरूः नगेन्द्र
भण्डारी,
रुपिन्द्र प्रभावी, चेतभक्त सुवेदी, मीरा ढकाल
संस्थापक कार्य समिति
अध्यक्षः राजेन्द्र
चापागाईँ ‘आहत’
उपाध्यक्षः दुर्गाबहादुर
शाह ‘बाबा’
सचिवः गनेस पौडेल
कोषाध्यक्षः रामजीप्रसाद
पौडेल
सहसचिवः उपेन्द्रप्रसाद
पौडेल
सदस्यः नगेन्द्र
भण्डारी
सदस्यः रुपिन्द्र प्रभावी
सदस्यः चेतभक्त सुवेदी
सदस्यः मीरा
ढकाल
सदस्यः कृष्ण
केसी
सदस्यः चित्रबहादुर
अधिकारी
सदस्यः अमित
रिजाल
सदस्यः यमबहादुर
पौडेल क्षेत्री
सदस्यः बाबुराम
तिमल्सेना
हालसम्मका अध्यक्षहरू
राजेन्द्र चापागाईँ ‘आहत’
(२०६८-२०७०)
गनेस पौडेल (२०७०-२०७२)
उपेन्द्र पौडेल
(२०७२-२०७४)
केशवशरण लामिछाने
(२०७४-२०८०)
रुपिन्द्र प्रभावी (२०८०-२०८२)
संस्थापक कार्य समिति
दोस्रो कार्य समिति
तेस्रो कार्य समिति
चौथो कार्य समिति
पाँचौँ कार्य समिति
आदरणीय सदस्यज्यूहरू,
कुनै
पनि देश र जातिको पहिचानका लागि कला तथा वाङ्मयको महत्त्वपूर्ण भूमिका हुन्छ ।
आर्थिक स्रोतको कमीका कारण केही कार्यक्रमलाई इच्छाअनुसार विस्तार गर्न सकिएको छैन
। प्रविधिको द्रुत विकास तथा अन्य विविध कारणसँगै युवा तथा विद्यार्थीको घट्दो पठन
संस्कृतिलाई उकास्न थप रणनीति आवश्यक छ । हामीले विगत दुई वर्षमा जे जति गतिविधि
सम्पन्न गर्न सफल भयौँ, त्यसमा तपाईँहरूको उल्लेख्य भूमिका छ । आगामी दिनमा समेत
साहित्य र पठन–संस्कृतिको विकासका लागि तपाईँहरूको साथ, सहयोग र सक्रिय सहभागिता निरन्तर रहोस् भन्ने कामनासहित आगामी नेतृत्वलाई
शुभकामना दिँदै सम्मानित सभासमक्ष अनुमोदनार्थ यो प्रतिवेदन प्रस्तुत गर्दछु ।
धन्यवाद ।
नेपाल
प्रकाश अधिकारी
सचिव
र्यान्डम
रिडर्स सोसाइटी अफ नेपाल
(मितिः २०८२ भदौ १४ गते
सम्पन्न साधारण सभा तथा अधिवेशनमा सचिव नेपालप्रकाश अधिकारीद्वारा प्रस्तुत
प्रतिवेदन)


0 Comments