ताजा

6/recent/ticker-posts

सादर निमन्त्रणा !

प्रत्येक वर्ष भदौ १५ गते पुस्तकालय दिवस मनाउने सन्दर्भमा यस पटक पनि पठन संस्कृतिको विकासका लागि क्रियाशिल र्‍यान्डम रिडर्स सोसाइटीले पुस्तक उपहार आदानप्रदान गरी मनाउन लागिरहेकाले उक्त कार्यक्रममा सहभागिताका लागि यहाँहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ ।


सहभागिताका सर्तहरू :

१‌. प्रत्येक सहभागीले आदानप्रदानका लागि एउटा पुस्तक ल्याउनुपर्ने छ ।

२. नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका पुस्तक मात्र ल्याउन पाइने छ ।

३. लेखकहरूले आफ्नो रचनाको पुस्तक ल्याउन पाइने छैन ।

४. कृति नै ल्याउनुपर्ने छ । पत्रिका, स्मारिका वा विशेषाङ्क, पाठ्यपुस्तकहरू ल्याउन पाइने छैन ।

५. तपाईंले ल्याउनुभएको पुस्तकको नाम र कृतिको नामसहित दर्ता गरिने छ र गोला प्रथाद्वारा छानिएका व्यक्तिबिच आदानप्रदान गरिने छ ।


सम्झिनुपर्ने :
मितिः २०८१ भदौ १८ गते शनिवार
समयः बिहान ८ बजे
स्थानः हिमालयन रिडर्स कर्नर, न्युरोड, पोखरा

Post a Comment

0 Comments